logo
  • शुक्रबार, असोज ९ २०८३

भक्तपुरको प्रदेशसभामा नेपाली कांग्रेस बिजयी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं मङ्सिर १५ ।

भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको छ । यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो ।अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीका उम्मेदार निरज लवजूले ५ हजार २९ मत पाएका छन् । भक्तपुरमा कांग्रेस-राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend