logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी रुरुक्षेत्र उपनिर्वाचन वडाअध्यक्षमा नेकपाका सिंजाली निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी मंसिर १४ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन । सिंजालीले कुलमत मध्ये ८०२ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।अध्यक्षमा नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामीले ७२७ मत ल्याएर पराजीत भएका छन । नेकपाका सिंजालीले ७५ मतको मतान्तरले नेपाली काँग्रेसका दर्लामीलाई पराजीत गरेका छन । कुल मतदाता २ हजार ४८ मध्ये १५ सय ४४ मत खसेको थियो । जसमध्ये महिला ८ सय ७६ र पुरुष ६सय ६८ रहेका छन् । खसेको मत अनुसार पुरुष भन्दा संख्या धेरै रहेको छ । पुरुष भन्दा २ सय ८ जना वढि महिलाहरुले मतदान गरेका छन् ।

जसमध्ये स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले १ मत र १४ वटा मत बदर भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend