logo
  • शनिबार, कार्तिक २२ २०८३

पर्यटन विकासमा लुम्पेकी जुट्दै, बैठकसंगै कार्यबिभाजन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर १४ ।
ठुलोलुम्पेक सामुदायिक पर्यटन विकास समितिको बैठक सम्पन्न भएको छ । सत्यवती क्षेत्रको प्रचारको लागि गठित समितिको बैठकले जिम्मेवारी बाडफाड गरेको छ ।

जसमा भरत सिंजाली मगरको संयोजकत्वमा पर्यटन शिक्षा उपसमिति,ओम श्रीसमगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, देवबहादुर तरामु मगरको संयोजकत्वमा साँस्कृतिक उपसमिति, देवीराम थापा मगरको संयोजकत्वमा लुम्पेकी कोशेली ब्राण्ड छनौट उप समिति, बेलबहादुर थापामगरको संयोजकत्वमा सरसफाई उपसमिति र लेखबहादुर श्रीस मगरको संयोजकत्वमा लेखा उपसमिति गठन गरेको पर्यटन बिकास समितिका अध्यक्ष जीतु तरामु मगरले जानकारी दिए ।

बैठकमा पर्यटन व्यावसायी विशु सिंजाली मगरको समेत उपस्थिति रहेको थियो । सत्यवती क्षेत्र अन्तर्गत ठूलोलुम्पेक मगर जातिको बाहुल्यता रहेको गाउँ हो । भिजिट नेपाल २०२० को अवसरमा नेपाल भ्रमण आउने विदेशी पर्यटकहरु तथा देशका विभिन्न स्थानहरुबाट भ्रमणका लागि निस्कने स्वदेशी पर्यटकहरुलाई ठूलोलुम्पेकमा स्वागत गर्ने निर्णय गरेको छ ।

यहाँ रहेका पुराना मगर कला, संस्कृति र सामाजिक मुल्य मान्यता र परम्पराको संरक्षण र जगेर्ना गर्ने, प्राकृतिक तथा धार्मिक सम्पदाहरुको पहिचान गरी तिनको प्रचारप्रसार गर्ने र त्यसको लागि विभिन्न उपसमितिहरु गठन गरी कार्यविभाजन गरेको हो ।

जल,जंगल,जडिवुटी र जमिन जस्ता प्राकृतिक स्रोत तथा जैविक विविधताको धनि रहेको ठूलोलुम्पेक प्राकृतिक सौन्दर्यको स्वप्निल स्वर्गकै रुपमा रहेको छ । त्यस्तै धार्मिक–साँस्कृतिक मूल्य मान्यता र विस्वासको केन्द्र बुढीसत्यवती, लुम्पेकी थानी बाजेबज्यै हिले सिद्धबाबा आदि रहेका छन् ।

प्रकृतिको अद्भूत कला र सौन्दर्य सहित पर्या तथा धार्मिक पर्यटकीय विकासका प्रचुर सम्भावना वोकेका बुढीसत्यवती क्षेत्र, बराह क्षेत्र मसिना ताल, हिलेसिद्ध बाबा मन्दिर, लुम्पेकी थानी बाजेबजैको थान र भूरेटाकुरे राजाको समयमा वनेको राजदरवार तथा रानीपोखरीको भग्नावशेष रहेको हचिङ्कोट दरवार क्षेत्र , हुक्रायो सेति नाग, लाम्थुडी झरना, गुर्दुङ आलमदेवी आदि ठूलोलुम्पेकलाई चिनाउने र घुम्नलायक महत्वपूर्ण ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् ।

मगर संस्कृतिहरुमा सोरठी, सालैजो, बारुलै, यानीमाया, झ्याउँरे, लोकदोहोरी आदि लोकसाँस्कृतिक झाँकीहरु ग्हनाको रुपमा रहेका छन् । जसको व्यवस्थित प्रचार प्रसार गर्ने हो भने पर्यटनक आकर्षण गर्ने साधन वन्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend