logo
  • शुक्रबार, असोज ९ २०८३

कास्की–२ मा मतदान जारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कास्की, मंसिर १४ ।
कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपाका उम्मेदवार बिद्या भट्टराईले मतदान गरेकी छन् ।

बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो ।

त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताए । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend