logo
  • शनिबार, कार्तिक २२ २०८३

अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाएका र घाइतेहरुको विवरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

 

दिपक खनाल, अर्घाखाँची मंसिर १२
अर्घाखाँचीको नरपानीमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने चालक सहित एघार जना पुरुष , ६जना महिला १ बालक १ बालिका गरी १९ जनाको मृत्यु भएका मध्ये नौ जनाका सनाखत भएको छ ।

गाडि चालक रुपन्देही बासगढिका ३१ वर्षीय बसन्त भन्ने ओम बहादुर थापा , अर्घाखाँची खाँचीकोट काउलेकी १८ वर्षीय माया पुरी, सोही ठाउँकै ८ वर्षीय मेनुका खड्का, डिहीका बलराम भट्टराई , डिहि कै ५६ वर्षीय शिवलाल भट्टराई, सितगंगा २ घर भई हाल चप्पर गाउँ कपिलवस्तु बस्ने २७ वर्षीय सिता बस्नेत, गुल्मी पिपलधारा बङ्ज्याङ् का २८ वर्षीय ससस्त्र प्रहरी जवान राजकुमार महत्तको मृत्यु भएको छ ।

भने उपचारको क्रममा बुटवल चौराह हस्पिटल बुटवलमा अर्घाखाँची सितगंगा नगरपालिका २ सितापुर बस्ने २६ वर्षीय सन्त बहादुर बस्नेत गाडि धनिको पनि मृत्यु भएको छ । अर्का एक जना को ठाडा स्वास्थ्य चौकी मै मृत्यु भएको थियो ।

भैरहवामा उपचार हुदै गरेका घाइतेहरु
,कृष्ण वि.क वर्ष ४० अर्घाखाँची, बोम बहादुर वर्ष ३५ अर्घाखाँची ,विष्णु वि.क वर्ष ३५ अर्घाखाँची, सरस्वता भट्टराई अर्घाखाँची, जिवन वि.क वर्ष २५ , अर्घाखाँची रहेका छन् ।

बुटवलमा उपचार हँुदै गरेका घाइतेहरु
, अन्किता थापा वर्ष १५ अर्घाखाँची, विष्णु अधिकारी, लोकनाथ पाण्डे , सपना कुँवर , नन्द बहादुर वि.क अर्घाखाँची रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend