logo
  • शुक्रबार, असोज ९ २०८३

सूर्य रत्न सम्मान २०१९ बाट महजोडी सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं मंसिर ०९ ।
वरिष्ठ कलाकार मह जोडी अर्थात मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्य ‘सूर्य रत्न सम्मान २०१९’बाट सम्मानित भएका छन् । जापानको टोकियोमा आइतबार साँझ सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’मा महलाई यो सम्मान दिइएको हो ।कार्यक्रममा निर्देशक तथा वरिष्ठ कलाकर नीर विक्रम शाह ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भए । क्याप्टेन तथा कलाकार विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान २०१९’ गरिएको कार्यक्रममा चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण सुवेदी सम्मानित भए । उनलाई नगद २५ हजार जापनिज रुपैयाँ सहितको पुरस्कार प्रदान गरियो ।
नेपाली कलाकर्मीलाई अवार्ड समेत प्रदान गरिएको कार्यक्रममा अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, फिल्म छक्का पञ्जा ३, निर्देशक दीपाश्री निरौला, अभिनेत्री बर्षा राउत, बुद्वी तामाङ, मन्जु पौडेल, कुलेन्द्र बिक, सञ्जिब पाराजुली, टिका प्रसाई, राजेश पायल राई, मेलिना राई, विपिन कार्की , नम्रता श्रेष्ठ, दिपेन्द्र लामा लगायतले अवार्ड प्राप्त गरे । ५ दर्जन भन्दा बढि कलाकार सहभागी कार्यक्रममा दर्शकको संख्य न्युन रहेको आयोजकले जनाएको छ ।
अवार्डमा लागि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, ऋषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई लगायत ५३ जनाको कलाकार टोली जापान पुगेको थियो ।
स्रोत:रातोपाटी

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend