साझा नेटवर्क
टोपलाल अर्याल
गुल्मी, ७ मंसिर
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्ष पदमा युवराज न्यौपाने निर्वाचित भएका छन् । गुल्मी चेम्बर अफ कमर्सको प्रथम जिल्ला अधिवेशनबाट न्यौपाने निर्बिरोध निर्वाचित भएका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा बिरेन्द्र भुसाल तथा उपाध्यक्षमा रेमलाल पाण्डेय शुसिला पुन निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कृष्ण प्रसाद भण्डारी तथा सचिवमा राम प्रसाद पन्थी, हरिलाल न्यौपाने, खडग प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा, सह–कोषाध्यक्षमा रामु सुनार निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल प्रसाद खनालले बताए । अभिवेशनमा साढे दुई सय प्रतिनिधी रहेका थिए । माघमा दर्ता भएर तदर्थ समिति मार्फत गुल्मी चेम्बर अफ कमर्सले चैतमा महोत्सव तथा व्यावसायीहरुको कर संकलन र प्रशिक्षण लगायतका कार्यक्रम गरेको थियो ।
दुई तिहाईले दुख दियो : श्रेष्ठ
गुल्मी चेम्बर अफ कमर्सको प्रथम जिल्ला अधिवेशन चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले दुई तिहाइ सरकारबाट निजि क्षेत्र खुशी हुन नसकेको बताए । उनले हरेक नेपालीले अझै नागरिकता त लिन नसकेको अवस्थामा पानबाट व्यापार गर्न लगाएर अंकुश लगाएको आरोप लगाए । श्रेष्ठले पान, कर र भन्सारबाट ब्याबसायी मारमा परेको बताउँदै कर तिर्ने र लिने दुवैलाई खुशी गराउन अहिलेको सरकारले नसकेको बताए । उनले चेम्बर ब्याबसायीहरुकै दुखमा साथ दिन सस्था रहेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend