logo
  • शुक्रबार, असोज ९ २०८३

सरकारले सिमा विवाद समाधान गर्न नसकेको कांग्रेस नेता भण्डारीको आरोप


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ  मंसिर  ०७ ।
नेपाली कांग्रेस बडिगाड गाउँपालिका वडा नं. २ को आयोजनामा चुनावी सभा तथा चियापान कार्यक्रम दनियामा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि शंकर भण्डारीले कम्यूनिष्ट सरकारले सिमा विवाद समाधान गर्न नसकेको आरोप लगाउनु भएको छ ।
उप निर्वाचन सरकारको परीक्षा भएको भन्दै चुनावमा एकता वद्ध भएर लाग्न र विजयी हासिल गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कार्यक्रममा जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, मणिभद्र कँडेल, गुल्मी जिल्ला सचिव विष्णु सापकोटा, जिल्ला सदस्य गण्डकी अधिकारी, जिल्ला सदस्य फम खत्रि, गल्कोट नगर प्रमुख भरत गैरे, राष्ट्रिय दलित आयोगका कार्यवाहक अध्यक्ष मञ्जीत ताम्राकार, गौमुखि गाउँपालिका प्यूठानका प्रमुख एवं जिल्ला सचिव विष्णु कुमार गिरि, राष्ट्रिय सभा सदस्य धना खतिवडा लगाएतले सरकारको चर्को आलोचना गर्दै, चुनाव जिताउन कार्यकतालाई आग्रह गर्नुभएको थियो ।सोहि कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी डिल बहाुदर रानाले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रम दगा गाउँकार्यसमितिका सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षता, बडिगाडका उपसंयोजक कृष्ण गुरुङको स्वागत मन्तव्य तथा सचिव होमनाथ खरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend