साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी मंसिर ०६ ।
गरिमा विकास बैंक लिमिटेड तम्घास शाखाले बैंकको स्थापना दिवसको अवसरमा व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।
कार्यक्रममा शाखा प्रबन्धक बिष्णु गैरेले सहजीकरण गर्दै बैंकको इतिहास, शाखा संजाल बैंकले प्रदान गर्ने सेवा सुबिधा, बैंकका विभिन्न निक्षेप योजना सम्बन्धि प्रोडक्ट र तिनीहरुको उपभोग गर्दा हुने फाइदा कनेक्ट आइपियस, क्युआर कोड, मोबाइल बैंकिङका बारेमा जानकारी दिएका थिए । त्यस्तै गैरेले विद्युतिय चेक भुक्तानी, इन्टरनेट बैंकिङ, वक्तिगत जिबनमा बचतको महत्व र यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभाव, बैंकिङ बचत र बैंकिङ च्यानलको प्रयोगबाट हुने फाइदा, बचत गर्ने बानीको विकास गर्ने तरिका जस्ता बिषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख हरि बहादुर खत्रीले वित्तीय अनुशासन हरेक व्यक्तिमा हुनुपर्ने र बिद्यार्थीहरुमा यसको आवश्यकता अझै धेरै हुने बताउँदै वित्तीय अनुशासनको अभावमा बिद्यार्थीहरुले बिलम्ब शुल्क तिर्नुपर्ने, आर्थिक अभाबको सामना गर्नुपर्ने जस्ता समस्या झेल्नुपर्ने भन्दै वित्तीय अनुशासनको बारेमा बताए । बैंकका कर्जा शाखा प्रमुख बिष्णु केसीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन कर्मचारी अनिल मरासिनीले गरेका थिए ।
राष्ट्रीय स्तरको ख वर्गको इजाजत पत्र प्राप्त यस बैंकको केन्द्रिय कार्यलय लाजिम्पाट काठमाडौँमा र देशका २६ जिल्लामा ९० वटा शाखा कार्यलय रहेका छन्। बैंकले मंसिर ७ गते शनिवार आफ्नो १३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend