logo
  • शनिबार, कार्तिक २२ २०८३

परोपकारी सार्दिखोलेहरुले गरे भिन्न-भिन्न शीर्षकमा सहयोग


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

मन प्रसाद रानामगर,दोहा कतार ।
माछापुच्छ्रे गाउँपालिका -२, कास्की वाट रोजगारिको सिलसिलामा कतार आइ पुगेका सार्दिखोलेहरुले कास्की सार्दिखोला समाज, कतार मार्फत भिन्न भिन्न शीर्षकमा सोही वडा भित्र आर्थिक सहयोग गरेका छन । विगतका दिनहरुमा जस्तै सामाजिक तथा मानविय कार्यमा यो सहयोग निरन्तरताको अर्को पुण्य कार्य रहेको कतारमा कार्यरत सार्दिखोलेहरु वताउछन । संस्थाका अध्यक्ष पारसिङ तामाङको संयोजकत्वमा थालिएको आर्थिक सहयोग अभियानको संकलित रकम दुई भिन्न भिन्न शिर्शक र कार्यक्रमको विच उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । माछापुच्छ्रे गाउपालिका २, कोट कसेरिमा रहेकी मुटु रोगी मन कुमारी तामाङको उपचारर्थ ने रु ३०५०० नेपाल पठाइएको थियो भने सो रकम संस्थाका निवर्तमान अध्यक्ष द्रोण प्रसाद वास्तोला, पुर्व उपाध्यक्ष कपुरमोहन तामाङ, पुर्व कार्यसमिती पदाधिकारीहरु शंकर गिरी, टिकाराम गिरी र स्थानियको रोहवरमा गत कार्तिकमा उहाकै निवास पुगी हस्तातरण गरिएको थियो ।त्यसै गरी सोही वडाको खांदरजुङ स्थित वाराही आधारभुत विद्यालयको ५१ जना स-साना वालवालिकाहरुलाई जाडोको समयमा न्यानो गरी पढ्न र अतिरिक्त कृयाकलापमा सहयोग पुगोस भनी गत मंसिर १ गते विद्यालय प्रांगनमा पुगेर संस्थाका पुर्व उपाध्यक्ष तथा नेपाल कोअर्डिनेटर कपुरमोहन तामाङ, संस्थाका जिम्मेवार व्यक्तिहरुको प्रतिनिधित्वको रुपमा परिवारका सदस्यहरु उपस्थित रही विद्यालयका प्र.अ राम आचार्य, वि.व्य अध्यक्ष लगायत स्थानियको रोहवरमा प्रती विध्यार्थी एक सेट ट्रयाक्सुट वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend