logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा पर्यटन विकास समितिका कर्मचारीले तलव पाएनन्


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी मंसीर ३ ।
गुल्मीमा रहेको पर्यटन विकास समितिमा काम कर्मचारीले १ वर्ष देखिको तलव नपाउदा समस्या परेका छन् । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिमा काम गर्ने कर्मचारीले ०७५ साउन देखि ०७६ असारसम्म एक वर्षको तलव नपाउदा कर्मचारी नै अन्योलमा परेका हुन् ।कर्मचारी मात्रै होइन कार्यालय सञ्चालनको कुनैपनि निर्णय र समिति गठन नहुदा कार्यालय बन्द अबस्थामा छ । समितिको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ मा आफनै भवनमा कार्यालय रहेको छ । हाल उक्त भवनमा नगरपालिकाको वडा कार्यायल पनि राखिएको छ ।

कार्यालयमा रहेका १ जना अधिकृत १ जना खरदार र २ जना कार्यालय सहयोगी गरि ४ जना कर्मचारीले एक वर्ष यताको तलव नपाएका हुन् । कर्मचारीहरुले एक वर्षको पाउनु पर्ने तलव गरि झण्डै रु १० लाख रकम रहेको कार्यालयकी खरदार बिष्णु गौतमले बताउनु भयो । सरकारी तबरबाट बेवास्ताकार कारण कर्मचारी र कार्यालय सञ्चालनको रकम समेत नआउदा कार्यालय नै बन्द भएको छ । सरकारले जिल्लाको रुरु र रेसुङ्गा क्षेत्रसँगै आसपसको क्षेत्रमा पूर्वाधार निर्माण पर्यटकीय स्थलहरुको संरक्षण र प्रचासर–प्रसार गर्ने उदेश्यले ०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गठन गरिएको हो ।०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा समितिका अध्यक्ष निलकण्ठ गौतम गाउँपालिकामा निर्वाचित भएपछि अध्यक्ष पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रिक्त अध्यक्ष पदमा सरकारले अर्को नियुक्ति नगरेपछि त्यस कार्यालयमा थप समस्या बल्झीएको हो । समितिको ०७५ माघसम्म समय अबधी रहेको थियो । कार्यालयमा कार्यकारी निर्देशक रहेका नरेश भण्डारीको पनि गत वर्षको माघ सम्म समय अबधी रहेको थियो । संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालय मातहतमा रहेको कार्यालयलाई संघिए सरकारले प्रदेश सरकारलाई जिम्मा लगाएको थियो ।

संघिय सरकारले रु ४० लाख बजेट सहित प्रदेश सरकालाई हस्तातरण गरे पनि बजेट र कार्यालय सञ्चालन हुन सकेन् । प्रदेश सरकारमा आएको बजेट कार्यबिधिी निर्माण नभएकाकाराण फ्रिज भएको थियो । संघिए सरकारले प्रदेश सरकारलाई हस्तातरण भएपनि प्रदेश सरकारले कार्यबिधि तयार नभएकाले कार्यालय सञ्चालन हुन सकेको छैन् ।

समितिलाई सञ्चालन गर्नको निम्ति प्रदेश नम्बर ५ उद्योग, पर्यटन वन तथा बातावरण मन्त्रालयले कार्यबिधी तयार भइरहेको र कार्यबिधि अनुसार सञ्चालन गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend