साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी कार्तिक २२ ।
गुल्मीमा आफ्नै नातिले चलाएको जीपको ठक्करबाट हजुरबुबाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडा न. २ पिपलधाराका ७३ बर्षिया कृष्ण बहादुर घर्तीको ज्यान गएको हो ।
उनका नाती २० बर्षिया विजय घर्तीले चलाएको लु १ ज १७१२ नम्बरको जीपले ठक्कर दिदाँ आफ्नै घरअगाडी बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राज कुमार रावलले जानकारी दिए ।
चालक विजयलाई प्रहरीले नियन्णमा लिएको छ । उनलाई सवारी दुर्घटना अन्तरगत मुद्धा चलाई कारवाही हुने रावलले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend