logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा जीपको ठक्करबाट एक जना बृद्धाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी कार्तिक २२ ।
गुल्मीमा जीपको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारामा लु १ ज १७१२को जीपको ठक्करबाट सोहि ठाउँका ७३ वर्षिय कृष्ण घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

जीपले ब्याक गर्ने क्रममा ठक्करबाट घाइते भएका घर्तिलाई थप उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिर रहेको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक रावलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend