logo
  • शनिबार, कार्तिक २२ २०८३

इस्माको बेलटारीमा पाइप चोरी भएपछि खानेपानी संकट 


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, कार्तिक २२ ।
इस्मा गाउँपालिका ३ दर्लामचौरको बेल्टारी खानेपानी पाइप चोरी भएको छ । कार्तिक १९ गते राती पाइप चोरी भएको स्थानीय वीर बहादुर खत्रीले जानकारी दिए ।
खानेपानी मुहान  खालबोटदेखि बेल्टारीसम्मको साढे तीन सय मिटर पाइप एक्कासी चोरी भएको खत्रीले बताए । उनले पाइप चोरी भएपछि बेल्टारीका १०/१२ घरले खानेपानी ल्याउन खोला धाउने स्थिति आएको बताए । पाइप चोरी भएको विषयमा इस्मा चौकीमा खबर गरेर बुधबार र बिहिवार खोज अनुसन्धान गरे पनि पत्ता नलागेको वडाअध्यक्ष तोयनाथ शर्मा सापकोटाले बताए ।
त्यो गाउँमा सिमित घर छन । खोला र जङ्गलमा समेत खोजतलास भएको छ । तर पाइप भेटिएको छैन । त्यति धेरै पाइप एक्लै सम्भब नभएकाले बाहिरकै व्यत्तीले चोरेको हुनसक्ने नेकपा इस्मा गाउँपालिका ३ का अध्यक्ष प्रेम भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend