logo
  • शनिबार, कार्तिक २२ २०८३

पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मी ले फेरी ग¥यो आर्थिक सहयोग ।


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हिम शिखर , गुल्मी कार्तिक २१
धुर्कोट गाउँपालिका २ पिपलधाराका स्वदेश तथा विदेशमा रोजगारीमा रहेका युवाहरुद्धारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मी ले सोही गाउँपालिका २ पिपलधारा साविक को वडा नं ६ बस्ने थोम बहादुर सुनार लाई आर्थिक सहयोग गरेको छ ।


हालै ब्रेन ट्युमरको अप्रेशन गरी घर फर्केका सुनारको उपचार खर्च अत्याधिक लागेको र आर्थिक अवस्था कमजोर देखिएकोले संस्थाले उपचारमा थोरै भए पनि सहयोग मिलोस् भनि संस्थाका केन्द्रीय महासचिव अमृत कुमार केसी र संस्थाका स्थानिय संयोजक हिम शिखर रसाइली ले नगद रु. १०,०००।– (अक्षरेपी दश हजार रुपैया) हस्तान्तरण गरेको हुन् ।

स्मरण रहोस् पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मी ले विगत ५ वर्ष देखी विभिन्न समयमा विभिन्न परोपकारी कार्य गर्दै आएको र गत हप्ता धुर्कोट गाउँपालिका २ पिपलधारा को गणेश मा.वि लाई एघार बाह्र कक्षा सञ्चालन को लागी पाँच लाख पचपन्न हजार पाँचसय पचपन्न रुपैया हस्तान्तरण गरेको थियो भने सोही गाउँपालिकाको सोही वडाको साविकको वडा नं ८ क्यान्सर रोग ले ग्रस्त मोहनलाल जि.सी को उपचारर्थ बिस हजार रुपैया सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend