साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाली राजदुतावास कतारले आफ्नो सामाजिक संञ्जाल फेशबुक मार्फत आज बुधबार एक विज्ञप्ति जारी गरेको छ।
जस्मा उल्लेख गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने कामदारहरको भिसा प्रवेशाज्ञा कम्पनीसँग भएको संझौतापत्र करार पत्र तथा नेपालस्थित वैदेशिक राजोगार विभाग अन्तरगतका कार्यालयबाट जारी हुने निजहरुको श्रम स्वीकृति सम्वन्धी विवरणमा पेशा लगाएतका विवरण एकरुपता नहुँदा पुन श्रम स्वीकृति जारी व्यवहारिक कठिनाई उत्पन्न भएको तर उल्लेदित विवरणहरु फरक पर्न गई पुन श्रम स्वीकृति लिन प्रकृयामा कानुन तथा व्यावहारिक कठिनाई उत्पन्न भएको बताएको छ ।
कम्पनीहरुमा कामदारहरु सम्बन्धित अन्य पेशाममा काम गर्ने तर भिसामा भने ड्राइभर , अपरेटर जस्ता खास शिप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख भएबाट निजको प्राविधिक दक्षता तथा शिप प्रमाणीकरण गर्ने कागजतातको अभाव पुन श्रम स्वीकुति दिन असम्भव देखिएकाृ भनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलय , वैदेशिक रोजार विभागको मिति २०७६/७/१९ को पत्र मार्फत अनुरोध भई आएकोले हाल कतारमा कार्यरत सम्पुर्ण नेपालीहरुको जानकारीका निम्न सुचना प्रकाशित गरिएको छ ।
१) आफु आर्यरत कम्पनीमा काममा पुनः फर्कन गरी गरी विदामा नेपाल जानु हुने नेपालीहरुको हकमा विदामा जानुपुर्व रोजगार करार सझौतापत्र, कतारी भिसा र आई डिमा उल्लेख भएको पेशा खास गरी ड्राईभर अपरेटर जस्ता पेशा भएकाहरुले आफ्नो प्राविधिक दक्षता तथा सिपसंग मिल्ने प्रमाणपत्र ड्राईभिङ्ग लाईसेन्स आदि अनिवार्य रुपमा साथै लिएर मात्र बिदामा जानु हुन ।
२) हाल कार्यरत पेशा र रोगार करार संझौतापत्र वा कतारी आईडीमा उल्लेख भएको पेशा फरक परेको भएमा विदामा नेपाल जानुपुर्व आफु कार्यरत कम्पनीलाई अनुरोध गरी आफ्नो पेशा बमोजिमको कागजात उपलब्ध गरी सोहि कागजातका आधारमामा नेपाल भ्रमण जानु हुन ।
३) यो जानकारी आफ्नो जूतै समस्या भएका अन्य नेपालीहरुमा समेत संप्रेषण गरिदिनु हुन नेपाली राजदुतावास कतारले अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend