logo
  • शनिबार, कार्तिक २२ २०८३

पिपलधारा चौतारी सम्पर्क समिती गुल्मी द्वारा गणेश मा.वि. लाई आर्थिक रकम हस्तान्तरण ।


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हिम शिखर , गुल्मी कार्तिक १८
गुल्मी धुर्कोट गाउँपालिका -२ पिपलधारा का वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीले एक कार्यक्रम को आयोजना गरि गणेश मा। वि मा प्लस टु संचालन गर्न संस्था ले घोषणा गरेको रकम विद्यालयको आर्थिक संकलन समिती लाई ५,५५,५५५ (अक्षेरुपी पाँच लाख पचपन्न हजार पाँच सय पच्पन्न) रुपैया को चेक हस्तान्तरण गरेको छ ।

 

स्थानीय समिति का अध्यक्ष राम बहादुर खड्का को अध्यक्षता , धुर्कोट गाउँपालिका वडा २ पिपलधाराका वडा अध्यक्ष नवीन जिसि ज्यु को प्रमुख आतिथ्य र ,संस्था का केन्द्रिय महासचिव अमृतकुमार के. सि को विशेष आतिथ्य रहेको उक्त कार्यक्रम मा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु , विभिन्न विद्यालयका प्र.अ र शिक्षकहरु , स्वयंसेवक हरु, बुद्धजिवी , समाजसेवि लगायत सोही संस्थाका स्थानीय समिती सदस्य नरेश जिसि , मलेसिया संयोजक मोहन खड्का , केन्द्रिय सदस्य पृतम खड्का , भारत उपसमिति का अध्यक्ष बाबुराम केसि लगायतका पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।

विगत पाँच वर्ष देखि अनवरतरुपमा पिपलधारा को चौतर्फी विकासमा उल्लेखनीय कार्यगर्दै आएको उक्त संस्थाले विभिन्न परोपकारी कार्य सँगै विकास कार्यमा समेत योगदान दिदै आएको छ । धुर्कोट गाउँपालिका २ पिपलधारा गणेश मावी मा भएको उक्त कार्यक्रम को संचालन विद्यालय व्यवस्थापन समितिका सदस्य सुर्य खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend