साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली कार्तिक १८ ।
रुपन्देहीमा रहेर बिभिन्न पक्षहरुमा समाजसेवा र देशसेवामुलक कार्य गर्दै आईरहेका भुर्तुङ्गेली युवाहरुले आफ्नै लगानी र आफुहरुले नै कर्ज प्रवाह गर्ने गरि ‘आर्थिक उत्थान कोष’ को गठन गरेका छन।
गुल्मी-भुर्तुङ्ग(छापचौर)जन्मस्थान भएका यी युवाहरुले रुपन्देहीमा रहेर बिभिन्न क्षेत्रमा आफ्नो योगदान दिदै आएको सर्वबिदितै छ। ‘छापचौरको लगानी,छापचौर कै हितमा’ ब्यापक छलफल र लगानी एकिकृत गरि १० गते लक्ष्मी पुजाका दिन एक तदर्थ समिति बनाई बिधिवत रुपमा आर्थिक उत्थान कोष निर्माण गरेकको ‘ नव गठित कोषका कोषाध्यक्ष टिका सुबेदीले बताए ।
हाल सत्र जनाको टिम रहेको उक्त कोषमा प्रति सदस्य अधिकतम बिस हजार रुपैया र न्युनतम पाँच हजार रुपैया सदस्यता रकम कायम गरिएको छ। भुर्तुङ्ग जन्मघर भएका र हाल नेपाल तथा बिदेशको जुनसुकै स्थानबाट सदस्यता प्राप्त गर्ने र कर्जा लिने सुबिधा कोषले जनाएको छ । ‘कर्जा प्रवाह गर्दा न्युनतम ब्याजदरमा तिन जना ‘विट्नेस’ लिएर र सामान्य कागजी प्रकृयाबाट सबैको पहुँचमा हुनेगरि सुबिधाजनक प्रकृया अपनाईने ‘नव गठित कोषका अध्यक्ष सन्तोष पौडेले बताए ।
अति उत्साहजनक प्रकृयाबाट गठन भएको कोषले अहिले पाँच लाखको जम्मा पुँजी बनाएको छ। नव गठित तदर्थ समितिले ब्यापक भेलाबाट पुर्णसमिति बनाउने सहमति सहित सन्तोष पौडेलको अध्यक्षतामा निम्न पदाधिकारी तथा सदस्यहरु कायम गरेको छ। उपाध्यक्ष: फट्टिक केसी, उपाध्यक्ष: कुल ब. कार्की, सचिव: सागर केसी, सह-सचिव: बिसन केसी, कोषाध्यक्ष: टीका सुबेदी, सदस्यहरुमा दिपक क्षेत्री, रमेश क्षेत्री, मोहन पौडेल, बरिष्ठ सल्लाहकारहरुमा.नरेश क्षेत्री,बिजय ढकाल,उत्तम श्रेष्ठलाई चयन गरिएको छ ।
नवगठित कोषले बैदेशिक रोजगारबाट फर्किएर नेपालमै स्वरोजगार अपनाउन चाहने युवाहरुलाई बिषेश ग्राहयता दिने र स्वरोजगार अपनाउन र स्वालम्बी बन्न अभिप्रेरित गर्ने आफ्नो ‘माईन्युट’मा जनाएको छ। गजवको कुरा त के भने युवाहरुको यो कदमलाई सो क्षेत्रका बुद्धिजिवी बर्गले पनि सकरात्मक र सेवामुलक भएको भन्दै प्रशंसा गरेका छन र आफुहरु पनि सहकार्य गरि अगाडी बढने तयार भएको बताएका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend