साझा नेटवर्क
गुल्मी, कार्तिक १६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले अनौपचारिक क्षेत्रका श्रमिकले पनि सामाजिक सुरक्षा कार्यक्रम मार्फत पेन्सनको सुविधा पाउनु समाजवद तर्फको यात्रा भएको बताएका छन् ।
शनिबार मदनआश्रित स्मृति भवन तम्घासमा सम्पन्न सो पार्टीको गुल्मी जिल्ला कमिटि सचिवालय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले वि.सं २०८२ साल सम्ममा प्रत्येक बालबालिका अनिवार्य विद्यालय भर्ना हुने, घर नहुने परिवारलाई आवास सुविधा उपलव्ध गराइने, कोहि पनि भोकै मर्न नपर्ने गरि खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गरीने, सिमान्तकृत विपन्न समुदायलाई कम्तिमा एकसय दिनको रोजगारीको ग्यारेन्टी, घातक रोगहरुको स्वास्थ्य विमा कार्यक्रम मार्फत निशुल्क उपचारको व्यबस्था जस्ता कार्यक्रम पनि समाजवाद उन्मुख कार्यक्रम भएको बताएका हुन् ।
उनले उच्च मनोबलका साथमा पार्टीमा भावनात्मक एकताको सन्देश दिनेगरी सरकारका सकारामत्क कामको प्रचार गर्ने गरी जन समक्ष गई संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिएका जिल्ला कमिटिका प्रचार विभाग उप प्रमुख नरेश भण्डारीले जानकारी दिए ।
बैठक कमिटिका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षता तथा सचिव कमरेड बिरबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएकाे हो । बैठकमा सो पार्टीका जिल्ला इञ्चार्ज दिनेश पन्थी तथा प्रदेश कमिटिका सदस्यहरु बोमबहादुर खड्का, निमबहादुर पाण्डे, बुद्धि जिसी, गणेश विश्वकर्मा, नर्मदा भण्डारी लगायतको आतिथ्यता रहेको बताइएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend