logo
  • शनिबार, भाद्र २० २०८३

कानुनलाई सम्मान गर्न राजदुत नारदनाथ भारद्वाजको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क , कतार ।
नेपाली समुदायबाट यहाँको मूल्य मान्यता बिपरित कार्य हुनेगरेको भन्दै कतारको कानुनलाई सम्मान गर्न कतार स्थिति नेपाली राजदुत नारदनाथ भारद्वाजले आग्रह गर्नु भएको छ ।
राजदुत भारद्वाजले आजाद भिसा तथा युरोप लैजाने प्रलोभनमा कतारमा नेपाली अलपत्र परेको घटना प्रति आफू गम्भीर रहेको भन्दै यस्तो अपराधमा सलग्नलाई कार्वाही गर्ने बताउनु भयो । उहाले आर्थिक रुपमा उदाउँदो शक्ति रहेको कतारले यहाँ कार्यरत श्रमिकको हितमा पनि धेरै कानुन निर्माण गरेको बताउनु भयो गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारले आयोजना गरेको बिजया  दशमी ,नेपाल सम्बत ११४० ,  दिपावली छठ तथा बलिहङ पर्बको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत भारद्वाजले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कतार स्थित सम्पुर्णलाई प्रतिबद्ध भएर लाग्न अनुरोध गर्नुभयो ।

राजदुत भारद्वाजले पछिल्लो समय नेपालले तिव्र आर्थिक विकास गरिरहेको भन्दै अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने र त्यसको लागी प्रवासी नेपालीले यहाँ सिकेको सीप र आर्जन गरेको पुजिले ठोस परियोजना संचालन गर्नुपर्ने बताउनुभयो । करिब एक महिना अगाडि मात्रै कतारको लागि राजदुतमा नियुक्त हुनुभएका भारद्वाजले आफू विनास्वार्थ काम गर्न प्रतिवद्व रहेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी, एनआरएनए आइअसिसी सल्लाहकार टिबि कार्की, आइसिसी सदस्य केवि हमाल, प्रवासी नेपाली एकता मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली समाज कतारका अध्यक्ष देव परियार, संघीय लिम्बुवानका वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर लिवाङ प्रवासी जनजाती महासंघका, उप महासचिव एक राज राइ, नेपाल पत्रकार महासंघ कतार साखा अध्यक्ष करिम वक्स मिया , अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका उपाध्यक्ष उवेर आलम , प्रदेश नम्बर एक समन्वय परिषदका अध्यक्ष चुडामणि कार्की, प्रदेश नम्बर तीन समन्वय परिषदका अध्यक्ष समीर केसि, गण्डकी प्रदेश समन्वय प्रदेश समन्वय परिषदका उपाध्यक्ष विकास भुजेल, चितवन युवा समुहका अध्यक्ष रामहरि गैरे, बाग्लुङ सेवा समाज कतारका अध्यक्ष सागर पौडेल, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा, झापाली समाजका अध्यक्ष भवानी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतारका अध्यक्ष शक्ति क्षत्री, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सिताराम थापा लगाएतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वागत महिला उपाध्यक्ष सरिता भन्डारीले र संचालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend