logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु ४ घाइते (सबैको नामावली सहित )


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी कार्तिक १४।
गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

बुधवार साझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी निधन हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुङ्गा नगरपालिका वडा नम्बर ३  का ५८ वर्षिय मसुरि बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, २६ वर्षिय बिष्णु बिक र चालक ३० वर्षिय ज्ञानबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जीपमा चलक सहित ६ जना मात्रै सवार थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend