logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु ३ घाइते


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी कात्तिक १३ ।
गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

बुधवार साझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी निधन हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र अर्का एक जनाको नाम खुल्न सकेको छैन् । उनी चालक ज्ञानबहादुर बिककी सासुआमा रहेको बताइएको छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, २६ वर्षिय बिष्णु बिक रहेका छन् । चालक ज्ञान बहादुर बिक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक (एसपी) खड्काले बताए ।

घाइते भएका सोनिया चालककी छोरी र बिष्णु श्रीमती रहेको बताएको छ । घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ । जीपमा चलक सहित ६ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend