logo
  • शनिबार, भाद्र २० २०८३

पोर्चुगलमा तिहार विशेष कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, पोर्चुगल कार्तिक ९ ।
गैर आबासिय नेपाली संघ पोर्चुगले पहिलो पटक बिहार बिशेष कार्यक्रम गरेका छन् । लिस्बोन भन्दा बाहिर आफ्नो देसको भाषा संस्कृति जगेर्ना साथै पर्यटन प्रर्वर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा बिशेष सहयोगी जीरामुन्दो, ताइपा (पोर्तुगिस सामाजिक संस्था), ओदिमेरा नगरपालिका र सह(आयोजक क्षेत्रीय समिति अलेन्तेजो र सान्तोतोनियो नेपाली समाज ,द्वारा पहिलोपटक दसै तिहार पन्चेबाजा सहित देउसि भैलो खेल्दै सान्ततोनियो बजार परिक्रमा गरि मनाएका थिए ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिस्ठान युरोपका सांस्कृतिक कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा भगवान भुजेल, कला पङगेनी, अमृतकुमार को प्रस्तुति रहेकोे थियो । कार्यक्रमा सेल रोटी फलफुल नेपाली परिकार को ब्यबस्था गरियको थियो ।

नेपाली हरुको महान पर्व तिहारको नेपाल भ्रमण वर्ष २०२० को बिशेष भिडियो बनाइ प्रोजेक्टर प्रबिधी मार्फत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अलेन्तेजोन बेझ जिल्लाको ओदिमेरा नागरपालिका सान्तोतोनियामा भयको सहभागिता थियो । कार्यक्रममा नेपालीहरुले तिहार बिशेष प्रस्तुतिहरु सहित रमाएकोे एनआरएनए का अध्यक्ष तिलक प्रसाद गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend