logo
  • शुक्रबार, असोज ९ २०८३

सुर्योदय युवा क्लव मुनपा ८ को २५ औं वार्षिकोत्सव सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक ९ ।
सुर्योदय युवा क्लव मुसिकोट नगरपालिका वडा नं. ८ वामी मैदानको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित वडा स्तरीय भलिवल तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।

कार्यक्रममा वडा अध्यक्ष नारायण सापकोटाले खेल स्वास्थ्य र राष्ट्रका लागि भएको भन्दै खेलाडि अनुसाशित हुनुपर्ने बताउनु भएको थियो। खेलले राष्ट्रिय एकतालाई वलियो बनाउने भन्दै अध्यक्ष सापकोटाले खेलकुद साथै कला सँस्कृतिको विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनु भएको थियो।

कार्यक्रममा नगर खेलकुद विकास समितिका सचिव विमल छन्तेल, मुसिकोट नगरकार्यपालिका सदस्य सत्या जिसि, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो प्रतियोगीतामा वडा नं. १ पौदि अमराईको समुह ए प्रथम हुँदै २१ हजार १ सय २१ हात पारेको छ।

आयोजक सुर्योदय युवा क्लव वडा नं. ८ ले द्धितिय हुँदै १३ हजार ३ सय ३३ मा चित्त वुझाएको छ। सो प्रतियोगीतामा १७ समुहको सहभागिता रहेको थियो। त्यस्तै रेकर्ड नृत्यमा प्रियंका परियार प्रथम, सुर्योदय युवा क्लव द्धितिय तथा चिदिपानी समुद तृतिय भएका छन्।

कार्यक्रममा लोकगायक गोविन्द विसि, ओम सेन्चुरी, नरेन्द्र परियार हास्य कलाकार कमल वराल र बालकृष्ण बराल लगाएतले साँगितिक तथा हास्य प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रम खेल संयोजक सन्दिप खत्रिको अध्यक्षता, क्लव सचिव उज्जवल खत्रिको स्वागत मन्तव्य तथा कोषाध्यक्ष सागर खत्रिको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend