logo
  • शनिबार, कार्तिक २२ २०८३

बडिगाड २ को उपनिर्वाचनको लागि जनमोर्चाले ३ जना सिफारिस


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक ०९ ।
नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा.) ले बडिगाड गाउँपालिका वडा नं. २ को उपनिर्वाचनमा वडा अध्यक्षको लागि जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनलाई सिफारिस गरेको छ।

भने नेपाली काग्रेसले डिल बहादुर रानालाई उमेद्वार बनाउने निर्णय गरेको वडा समितिका उपाध्यक्ष चुमाकान्त पोखरेलले जानकारी दिनुभएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले ३ जनाको नाम जिल्ला कमिटिमा सिफरिस गरेको छ। जस अन्तर्गत यस अघिको चुनावका प्रत्यासी समेत रहेका प्रेम पुन, सहित दोर्ण बन र दिलमाया गिरि लाई सिफरिस गरिएको जनमोर्चाले जनाएको छ।

३ जना मध्य प्रेम पुनले टिकट पाउने सम्भावना वढि रहेको बताइएको छ। वडा अध्यक्षमा निर्वाचित विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि निर्वाचन हुन लागेको हो। यस वडामा नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा.), नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चा विच नै प्रतिश्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend