साझा नेटवर्क
साझा नेटवर्क, प्युठान , कार्तिक ५ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका दर्जनौं युवा नेता तथा कार्यकर्ताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल प्यूठानले जुम्रीमा हिजो सोमबार आयोजना गरेको कार्यक्रममा नेकपा र राजमोका १ सय ८९ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेसका नेता डा.गोविन्दराज जोशीले जानकारी दिए । कांग्रेसमा प्रवेश गर्नेहरू २० देखि ३५ वर्ष उमेर रहेका बताए ।
माउ पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका उनीहरूले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनताको हितमा कुनै काम नगरे बताउदै आफुहरु पार्टी छाड्न बाध्य भएको बताए । निर्वाचनमा गरेको प्रतिवद्धता गरेका नेकपा र राजमोले सत्तामा गएपछि जनताका साना कुरालाई पनि बेवास्ता न गरेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका स्थानीय नेता अमृत राउतले अब आफूहरू नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता भएर काम गर्ने बताएका छन् ।
‘गाउँका जनताको धेरै ठूला माग हुँदैनन्’, उनले भने, ‘आफ्नै जिल्ला र गाउँको विकास नगर्नेहरूलाई अब जनताले माफी दिँदैनन् । गफाडी पार्टीमा बस्नु उचित न रहेको बताए । नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेल र प्यूठान कांग्रेसका सभापति अमरप्रसाद भण्डारीले उनीहरूलाई कांग्रेसमा भित्र्याएका हुन् । नेकपाका युवाहरूमा कमल घर्ती, डायमण्ड पुन, सरोज थापा, भुवन घर्तीलगायत रहेका छन् ।
त्यस्तै राजमोबाट अमृत राउत, सुशान्त घर्ती, विष्णु केसी, जितबहादुर थापा, गिरु भण्डारी, मनोज थापा नेपाली कांग्रेस प्रवेश गरेको डा.पोखरेलले बताए । नेपाली तरुण दल प्यूठानका अध्यक्ष सनत श्रेष्ठले नवप्रवेशी युवाहरूलाई योग्य र क्षमता अनुसार जिम्मेवारी दिइने बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend