logo
  • शुक्रबार, असोज ९ २०८३

गायक पवनको ‘रातो भाले’ सार्बजनिक (भिडियो सहित )


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी कार्तिक ४ ।
गायक पवन परियारले नयाँ गीत ‘रातो भाले’ सार्बजनिक गरेका छन् । तिहार पर्वको मुखैमा परियारले भने ‘रातो भाले’ बोलको फास्ट बिटको गीत सार्बजनिक गरेका हुन् ।
गायन क्षेत्रमा उज्जल प्रतिभा परियारले पछिल्लो समय यता धेरै लोक दोहोरी गीतहरु बजारमा ल्याएका छन् । गायनसँगै लेखन, मोडलिङ क्षेत्रमा रहेका परियारले पछिल्लो ‘रातो भाले’ गीत फरक खालको रहेको बताए । लय, शब्द स्वर परियारकै एकल स्वर रहेको छ । गीत रमाइलो पाराको शब्द रहेको छ । अजम्बरी भन या कुन छ आज मरे भोली दुई दिन हुन्छ भन्ने शब्द गीतमा रहेको छ ।
जीन्दगी मरेर लानु केछर बाचुनजेल रमाइलो गरौं भन्ने कथा बस्तु गीतमा रहेको गायक पवन परियारले बताए । रमाइलो शैलीमा तयार रहेको गीत फरक खालको शब्द संगीत रहेको छ ।गीतले बाचुनजेल रमाइलो गरौं भन्ने खालको मुख्य भाव पाउन सकिने गायक परियारले बताए । पवन परियार नामको युट्युव च्यानलबाट सार्बजनिक गीत धेरै दर्शक श्रोताले मन पराउने परियारको भनाई छ ।

भिडियो हेर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend