logo
  • शनिबार, कार्तिक २२ २०८३

छोरीलाई जबरजस्तिकरणी गर्न खोज्ने बाबु पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज ३० ।
आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेका हुन् ।

उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जायरी दिएकी छन् । पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाचँ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend