logo
  • शनिबार, भाद्र २० २०८३

कतारको बाटो हुँदै तेस्रो मुलुकमा पठाउने मानव तस्कारहरु सकृय


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

करिम बक्स मियाँ, दोहा।
सदा झैं दुताबासका श्रम सहचारी कक्ष पिडितहरुले भरिभराऊ थियो। अधिकांश वैदेशिक रोजगारका नाममा ठगिएका पिडितहरु श्रम सहचारीको कार्यकक्षमा देखिन्थे। भुईं तलामा रहेको ज्ञवालीको कक्षमात्र होईन, पहिलो तल्लामा रहेको श्रम कन्सुलर शिवराम पोख्रेलको कक्षमा समेत पिडितहरुको घुईंचो देखिन्थ्यो।
तीनै भिंडमा पोर्चुगल जाने भनेर हिंडेका दुईजना पिडितहरु ज्ञवाली समक्ष आफ्नो पिडा सुनाउँदै थिए। पिडितहरुको पिडा सुनी सकेर सहचारी ज्ञवालीले कार्यालयबाट एजेण्टलाई फोन लगाए। ल्याण्ड लाईनबाट र मोबाईलबाट करीव २० पटक एजेन्टलाई फोन सम्पर्क प्रयास गरे, तर एजेन्टले फोन उठाएन र उनले म्यासेज लेखे दूतावासमा तुरुन्त सम्पर्क गर्नु।

यो मान्छेले दूतावासलाई पटक्कै टेर्दैन बिगतमा समेत धेरै उजुरीहरु आएका र एजेन्टले नटेरेको कुरा ज्ञवालीले गर्दै थिए। कहाँसम्मको फटाहा छ भने तत्कालिन कार्यवाहक राजदुत मणीरत्न शर्माका आफन्तहरुलाई समेत ठगेको उजुरी परेर हामीले दुतावासमा बोलाउँदा आएन आजीत भएर दुतावासले कतारमा कृयाशिल बागलुङ सेवा समाजका पदाधिकारीहरुको सहयोगमा दुतावासमा उभ्याउनु परेको बताउँदै थिए।

पोर्चुगल पठाउने भन्दै करीव १३ लाख रुपैयाँ लिएर कास्की रुपाकोटका रामशरण थापा र चितवन कृष्णपुरका प्रेम बहादुर थापालाई कतारमा ल्याएर एजेण्टहरु अहिले सम्पर्क विहिन छन् । नेपालदेखि प्यासिफिक ह्युमन रिसोर्सेज मेनपावर मार्फत कतारको मदर कन्स्ट्रक्सन एण्ड कन्ट्र्याक्टिंग कम्पनीको भिसामा कतार ल्याईएका पिडितहरु एजेण्टहरु सम्पर्कमा आउन नचाहेपछि दुतावास पुगेका हुन्।

एजेन्टहरु मध्ये टंक बहादुर थापाले कतारको कम्पनीबाट भिसाको बन्दोबस्त गर्ने, सन्तोष तामाङ भनेर चिनिने कृष्ण तामाङले पैसाको डील गर्ने र नेपालदेखि कतारसम्म मान्छे ल्याएर इब्राहिम शर्मा भनेर चिनिने रामचन्द्र शर्मालाई दिने र शर्माले कतारदेखि पोर्चुगल लगायत युरोपेली मुकुकहरुमा विभिन्न लिंकहरुसित मिलेर कामदार पठाउने गरेको पिडितहरु मार्फत खुलेको हो। वर्किंग भिसामा कतार ल्याएर पिडितहरुलाई कतार स्थित मदर कन्ट्र्याक्टिङ कम्पनीको आईडी कार्ड आरपी दिएर राहदानी र १३ हजार रियाल बुझेपछि मुख्य एजेण्ट रामचन्द्र शर्मा (इब्राहिम) र अर्का एजेन्ट कृष्ण तामाङ (सन्तोष) सम्पर्कमा आउन नचाहेको पिडितहरुले बताएका हुन्।

बागलुङ जिल्ला जैमिनी नगरपालिका ८ का रामचन्द्र शर्मा (इब्राहिम) चितवन जिल्ला टाँडीका कृष्ण तामाङ९सन्तोष० लामो समयदेखि कतारमा कथित आजाद भिसा लगायत कतारदेखि विभिन्न मुलुकहरुमा मान्छे सप्लाई गर्ने धन्दा गर्दै आई रहेको खुल्न आएको हो।

वर्किंङ भिसामा कतार आएकाहरु वैधानिक बाटोबाट तेस्रो मुलुक काम गर्न जान पाउने प्रावधान छैन। केही मल्टिनेशनल कम्पनीहरुको हकमा आफ्ना कामदारहरुलाई कुनै तेस्रो मुकुकमा सरुवा गर्न सक्ने भएपनि कुनै एजेन्ट वा एजेन्सी मार्फत त्यस्तो काम गर्न पाउने कुनै प्रावधान नै छैन। अवैधानिक बाटोबाट विभिन्न प्रलोभनमा पारी कतारको बाटो हुँदै तेस्रो मुलुकमा मान्छे पठाउने गिरोहहरु सकृय रहँदै आई रहेका छन्।

पिडितहरुको भिंड,फितलो राहतस् दूतावासमा दिनहुँ जसो पिडितहरुको भिंड लाग्ने गर्छ, तर पिडितहरुले पिडकहरु खुलेआम घुम्ने गरेको गुनासो गर्ने गरेका छन्। दलालहरुले दूतावासलाई पटक्कै नटेर्ने तथा दुतावासमा गए झन दुख पाउने धम्की दलाहरुले दिने गरेको पिडितहरुको कथन हुन्छ। अधिकांश पिडितहरुको एउटै प्रश्न हुन्छ के दलालहरुले भन्ने गरेको जस्तै दूतावास केही होईन तरु नियोग एक कुटनैतिक नियोगमात्र होईन किनकी यहाँ श्रम र श्रमिक समस्या हेर्ने डेस्कपनि छ। पिडितहरुको भनाई र दलालहरुको अटेरी मानसिकतालाई मनन गर्ने हो भने दुतावास श्रमिकहरुका पिडालाई समाधान गर्न चुक्दै आई रहेको देखिन्छ।

दूतावासका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने पहिलाका राजदुतहरु अस्थिर थिए,कतिबेला सरकार बद्लिन्छ र फर्किनु पर्ने भन्ने तनाव हुन्थ्यो, तर अहिलेका राजदुतलाई त्यो तनाव छैन उनले भने राजदुतले इच्छाशक्ति देखाए र दलालहरुलाई कानुनी दायरामा ल्याउन हिम्मत गरे भने श्रमिक समस्या हल गर्न समय लाग्दैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend