साझा नेटवर्क
साझा नेटवर्क, काठमाण्डौ।
लोक गायिका अमृता श्रीपालको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ बजारमा आएको छ । कुशल बेलाबासेको शब्द संगीत रहेको उक्त गीतमा अमृतालाई रन्जीत परियारले स्वरमा साथ् दिएका छन् ।

आशिष अविरलले वाद्यवादन एरेन्ज गरेको उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन् । चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिरले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।
अमृता श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको चिल गाडी गीत अमृता श्रीपालको आफ्नै युट्युब च्यानलबाट सार्वाजानिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend