साझा नेटवर्क
प्रभा श्रेष्ठ, काठमाडौं असोज २७ ।
कार्यक्रममा बोल्दै वाङमय ताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा वुद्धको जन्म बर्तमान नेपालको लुम्बिनीमा भएकै कारण संयुक्त राष्ट्र संघले नै लुम्बिनीको बिकासको लागि गुरु योजना तयार पारेको,राष्ट्र संघको विस्व संपदा सूचिमा लुम्बिनीलाई पारिएको र युनेस्कोकै परियोजना अन्तर्गत नै लुम्बिनीमा अत्याधुनिक बैज्ञानिक प्रबिधि प्रयोग गरेर उत्खनन र अनुसन्धान गरिएको बताउनु भयो । यसरी पुरातात्विक माणका बाबजुद बिभिन्न कारणले गर्दा विस्वका बिभिन्न ठाउँमा वुद्धको जन्मस्थलका बिषयमा भएको समस्या समाधानमा लागि परेको विस्व अभियानको उद्धेस्य प्राप्तीमा सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गर्नु भयो ।
लुम्बिनीमा भएको पिपलको बोट अनायास काटिएको फेला परेपछि युनेस्को, इसिमोडहरु जस्ता राष्ट्र संघिय निकायहरुले विस्व संपदा सूचिमा रहेको सो पिपलको बोट कस्ले किन काटेको भन्ने कुरा खोजी गर्दा पता नलागेको र वरिष्ठ बनस्पतिबिद डा तिर्थ बहादुर श्रेष्ठको अथक प्रयाशबाट जोड्ने काम भएको बताउँदै श्रेष्ठसंग आफूले सो पिपलको बोटको कलमी गरिएका दुई हाँगा माग गरी दुई महत्वपूर्ण ठाउँमा उमार्ने गरिएकोमध्ये एउटा Nativity of Buddha भएको ठाउँको पिपलको बोट भएको जानकारी दिनु भयो ।
श्रेष्ठले ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले आफूसंगको भेटघाटका क्रममा सत्य मोहन जोशीका लागि नगरपालिकाले बर्षैभरी बिभिन्न कार्यक्रम आयोजना गरेकोमा अभियानले यसरी सम्मान कार्यक्रम आयोजना गरेको बेलामा आफू बिदेश हुन परेको कारण उपस्थित हुन नसके तापनि कार्यक्रमको सफलताको लागि शुभेच्छा ब्यक्त गरेको जानकारी दिंदै जोशीको नाममा २,५००; १,००० र १०० मूल्यका सिक्का प्रचलनमा ल्याउन महानगरपालिका मार्फत उहाँले खेलेको महत्वपूर्ण भूमिकाको प्रसंशा गर्नु भयो । पहिला पहिला राजा महाराजाको नाममा मात्रै हुलाक टिकट प्रकाशनमा ल्याउने प्रचलन भएकोमा हाल सत्य मोहन जोशी जस्तो महान ब्यक्तिको नाममा समेत हुलाक टिकट प्रकाशनमा ल्याउने प्रयास महानगरपालिकाले गरिराखेकोमा मन्त्रिपरिषदको निर्णय मार्फत सो उद्धेस्य प्राप्ती कार्यमा छिट्टै सफलता मिलोस भनी शुभेच्छा ब्यक्त गर्नु भयो ।भक्तपुर सांगितिक समाजद्धारा सत्य मोहन जोशीकै बारेमा तयार पारिएको गीत गाइएको उक्त कार्यक्रममा सत्य मोहन जोशीलाई सम्मान गरिएपछि कार्यक्रमको पहिलो सत्र समापन गरिएको थियो । सत्य मोहन जोशीको प्रमुख आतिथ्यतामा सन्चालन गरिएको कार्यक्रमको दोश्रो सत्रमा जापानको कामिआमाकुसा शहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहराको चट्टानमा २०० बर्षमा सबैभन्दा ठुलो बुद्धको मूर्ति हुने र सो परियोजना सम्पन्न भएपस्चात जापान सरकारले युनेस्कोको विस्व संपदा सूचिमा समाबेश गर्नका लागि प्रकृया अगाडि बढाउने लक्षलाई सफलिभूत तुल्याउने काममा लागेका बताए ।
“आधुनिक अरनिको” नाम समेत दिने गरिएका ४ जना नेपालीहरु मन्जुल बरैली, गणेश कुमार राई, सानु भाई विस्वकर्मा र रामचन्द्र पण्डित; वुद्ध नेपालमा नै जन्मनु भएको सन्देश सहित सगरमाथा सफल आरोहण गर्ने छोकी शेर्पा, विस्व साइकल यात्री एबं सगरमाथा आरोही पुस्कर शाह र १२६ घण्टा लगातार नाचेर गिनिज बुकमा नाम लेखाउन सफल बन्दना नेपाललाई अभियानको दूतको रुपमा नियुक्त गर्दै सम्मान गरिएको थियो ।
साहित्यकार, पत्रकार एबं समाजसेवी सुशिल चालिसेद्धारा सन्चालन गरिएको कार्यक्रममा खानपानको ब्यबस्था गर्ने गोकर्णेस्वर गरपालिका वडा नम्बर ४, सत्य मोहन जोशीको बारेमा गीत तयार गरेर गाउने भक्तपुर सांगितिक समाजका टिम, बिशेष योगदान दिने सुशिल चालिसे लगायत कार्यक्रम सफल तुल्याउन योगदान दिने सबैलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा चर्चित दोहोरी गायिका मिना लामा, नेपाल भाषाको Best Model Female एबं Music Video Award 2018 का बिजेता शोभा महर्जन, थुप्रै अन्तरराष्ट्रिय पदक बिजेता ताइकान्दो खेलाडी रन्जना चौधरी, पूर्बीय दर्शन लोप हुन नदिएर यस्को संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने मान्यताका साथ कृयाशिल प्रिन्स मुकु, वरिष्ठ लिरिक्स सुबाश चन्द्र ढुङेल, अभियानको नेपाल सल्लाहकार एबं समाजसेवी गुह्यरत्न शाक्य,रहेको बताए ।
त्यसतै त्यस्तै अभियानका शिक्षक दूत श्रीकुमार श्रेष्ठ, चर्चित गायकद्धय कपिल कस्पल एबं मानस राज, स्वतन्त्र लेखक एबं साहित्यकार मुरारी सिग्देल, हिसान (हाइयर सेकेन्डरी स्कूल अफ नेपाल भक्तपुर) का अध्यक्ष अनिल कस्पल, सोलु जिल्लाका ब्याडमिण्टन एसोशियसनका अध्यक्ष एबं Annapurna corporate championship एबं Inter rotary championship राज कुमार गुरुङ, भक्तपुर सांगितिक समाजका अध्यक्ष र सचिब क्रमश: प्रबिण शाही र अलबर्ट बज्रचार्य आदिको उपस्थिति थियो भने बोधी टिभिको तीन जनाको प्राबिधिक टिम कृयाशिल थियो ।
कार्यक्रमकै लागि दोलखादेखि आउनुभएका विस्व साइकल यात्री एबं सगरमाथा आरोही पुस्कर शाह बिशेष कारणबश समयमा आउन सक्नु नभएकोले उहाँलाई कार्यक्रमपछि छुट्टै सम्मान गरिएको थियो ।
सत्य मोहन जोशीको बारेमा तयार गरिएको गीतको युट्युब लिंक हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend