साझा नेटवर्क
उद्धव मगर , दोहा।
कतार नेपाली एकता समाज मातहतमा रहेको सहानिया एरिया समितिले पिडीत रवि कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
झापा जिल्ला बुद्धशान्ति गाउँ पालिका वडा नं. ५ स्थाई बसोबास गर्दे आएका रबि कुमाल गत साउन मिति २०७६/०४/०१ गते धुलाबारीबाट ट्रयाक्टरमा चढी घर आउदै गर्दा अचानक ट्रयाक्टरबाट खस्न गई पछाडीको चक्काले गम्भीर क्षती पु¥याकोले रबि कुमालको पारिवारिक अवस्था पनि कम्जोर भएको हुँदा उपचारको लागी निजले आर्थिक सहयोग जुटाई दिन आग्रह गरेका थिए ।
कतार नेपाली एकता समाज अन्तर्गत साहानिया एरिया समितिका सचिव सरोज लावतीको विशेष पहलामा सहयोगी लक्ष्मण लामीछाने, तेज बहादुर कार्की,मुरारी पराजुली, विकास गुप्ता, जिवन कुमाल, प्रेम गुरुङ्ग, इन्द्र वि.क, नवीन दंगाल, नवीन कुमार चौहान, कपील दमाईले सहयोग गरी जाम्मा कतारी रियाल ८६६/- नेपाल पठाउदै यसै समाजका सचिव सरोज लावतीले सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद समेत प्रकट गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend