logo
  • शनिबार, कार्तिक २२ २०८३

सिन्धुपाल्चोकमा बस दुर्घटनाः मृत्यु हुनेको संख्या ३० पुग्यो, ३० भन्दा बढी घाइते


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, काठमाडौं असोज २४।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
बसमा ५० जनाभन्दा बढी यात्रु रहेको र ३० जना गम्भीर घाइते रहेको बताइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हताहतीको संख्या बढ्न सक्ने स्थानीयको आंकलन छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ ।

केही घाइते गम्भीर रहेको र उनीहरुको हेलिकप्टरबाट उद्धार कार्य सुरु गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । स्थानीयका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend