साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज २०।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानि रातामाटामा लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो ।
कपिलबस्तुको कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ ३ जनाको घटना स्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा पुरानो घर भुमिका स्थान नगरपालिका हाल लमही उपमहानगरपालिका २ लमही निवासी ५० वर्षिय घनश्याल खनाल, उनकी श्रीमती एक जनाको सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा परेर चालक सहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई थप उपचारको लागि बुटवल पठाइएको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले जनाएको छ ।करिब ३०० मिटर सड्कबाट तल खसेको जिप दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइते १ जना बच्चा उनिकी आमाको जिल्ला अस्पताल सन्धीखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालकका अनुसार ओरालोमा ब्रेक फेल भएर गाडि दुर्घटना भएको छ । घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी नरपानि र स्थानियको टोलिले उद्वार गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend