logo
  • शनिबार, कार्तिक २२ २०८३

अर्घाखाँचीमा जिप दुर्घटना ३ जनाको घटना स्थलमै मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, बुटवल असोज २०।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ साविक नरपानी रातामाटामा आज स्कार्पियो जिप दुर्घटना भएको छ।
गोरुसिंङेबाट सन्धिखर्क तर्फ आउदै गरेको लु १ज ४३२९ नम्बरको स्कार्पियो दिउँरो करिव १ वजे सन्धिखर्क नगरपालीका ६ को नरपानी रातामाटामा दुर्घटना भएको हो । स्कार्पियोमा सवार ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । जसमा २ जान पुरष र १ जना महिला रहेकाछन ।भने अन्य ६ जना गम्भीर घाइते भएका छन् उनीहरुको उपचारलागि अहिले अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा  उपचार गरिदै छ। भने केहि गम्भीर घाईतेहरु मध्य उमेश रेग्मी, अनिता खनाल,बिन्दु खनाल गाडी चालक बिरेन्द्र श्रेष्ठ बुटवल रिफर गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइतेहरु सिता रेग्मी बर्ष १९ छोरी आदित्य रेग्मी बर्ष १ , उमेश रेग्मी वर्ष ३० भुमिकास्थान १० अनिता खनाल बर्ष १२ र विन्दु खनाल बर्ष १६ अर्घाखाँची ढाकावाङ्ग हाल बसाई सराई गरी लमही नगरपालिका ५ मिलन चोक बस्ने गाडी चालक भने बुद्दभुमि नगरपालिका २ गोरुसिंङे का हुन् । निधन हुने ढाकावाङ्ग हाल लमही नगरपालिका ५ मिलन चोक निवासी बर्ष ५१ का घनश्याम खनाल र निजकी  श्रीमती बर्ष ४६ कि श्यामकला खनाल रहेका छन् भने १ जनाको सनाखत हुन् बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ  । जिप सडकबाट अन्दाजी ४००/५०० मिटर तल झरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend