logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप दोहा सम्पर्क समाजको शुभकामना आदन-प्रदान सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, दोहा ।
रामेछाप दोहा सम्पर्क समाजले २०७६ सालको विजय दशमी तथा शुभ दिपावलीको पावन अवसरमा दोहाको रोयल नेपाल रेष्टुरेण्ट नजमामा गत शुक्रबार शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेका छ ।

उक्त कार्यक्रम समाजका प्रथम उपाध्यक्ष उद्धव मगरको अध्यक्षता र संस्थाका सचिव निर्मल नेवा खडगीको सञ्चालनमा रहेको कार्यक्रमलाई सु–सम्पन्न पार्नका लागी उपस्थित समाजका द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, महासचीव नर बहादुर तामाङ्ग, सचिव निर्मल नेवा खडगी, कोषाध्यक्ष निर बहादुर मगर, संस्थाका प्रमुख सल्लाहाकार राम हरी खत्री, तथा सदस्यहरु आशीस मुक्तान, विनीता घिसिङ्क, विक्रम योञ्जन,अशोक बल, शुभराज सुनुवार, अरुन सुनुवार, विकास सुनुवार, लाल बहादुर सुनुवार, गंगा मुक्तान,अन्जु मुक्तान, हेमा थापा, रहनु भएको थियो ।

उक्त कार्यक्रमलाई विधिवत रुपमा अगाडी बढाउदै उपस्थित सम्पूर्णलाई अशोक बल तामाङ्कले स्वागत मन्तव्य राख्दै शुभकामना पनि दिनु भएको थियो । उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखीसकेपछी कार्यक्रमका अध्यक्ष उद्धव मगरले पनी आफ्ना भनाईहरु राख्नु भएको थियो ।

नेपाल बहुजातीय, बहुधार्मिक,बहुसांस्कृतिक, मुलुक हो यहाँ प्रत्येक जातजातीका मानिसहरु बसोबास गर्दछन् र आ–आफ्नै परम्परा र चाडपर्व छन् । बडा दशैं त्यो चाड हो जुन प्राय सबै जातजाती र जनसमुदायले मनाउछन् ।

नेपालीहरुको महान चाड भएकैले यसलाई बडा दशैं भनिएको हो भन्दै यस पर्वको धार्मिक आध्यात्मिक,सामाजीक, पारिवारिक, सांस्कृतिक एवं राष्ट्रियताको हिसाबले पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्दै यस शुभकामना कार्यक्रमले रामेछाप दोहा सम्पर्क समाजमा आवद्ध हरेक व्यक्तिलाई अझै नजीक र सदभाव बढाउदै आगामी दिनहरुमा अझ जिल्ला बासीहरुको भेटघाट प्रगाड बनाई राख्ने आशा गर्दै यस कार्यक्रम अत्यन्तै साहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend