साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असोज १७।
काठमाडौँ : नेपाली सिने उद्योगमा चलेकी अेभिनेत्री हुन्– केकी अधिकारीको जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुदै गरेकी भेटिएकी छिन् ।
आफूले माया गरेको मान्छेको पर्खाइमा रु“दै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो । ‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वर सगै केकीको अभिनय निक्कै खुलेको छ । गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम्ले गरेका छन् । गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन्। म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।
गीतको म्यूजिक भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend