logo
  • शनिबार, कार्तिक २२ २०८३

जनप्रतिनिधिद्धारा नगरपालिकाकै कार्यक्रम बहिष्कार


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल
गुल्मी, १६ असौज । रेसुगां नगरपालिकामा जनप्रतिनिधिहरुले नै नगरपालिकाद्धारा आयोजित कार्यक्रम बहिष्कार गरेका छन् । नेपाली काङ्ग्रेसबाट विजयी जनप्रतिनिधिहरुले नगरपालिकाद्धारा आयोजित शुभकामना आदान–प्रदान एवम् चियापान कार्यक्रम बहिष्कार गरेका हुन् । नगरपालिकामा कर्मचारी तथा नेकपा निकट जनप्रतिनिधिहरुले एकलौटी ढङ्गले काम गरेको भन्दै उनीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

काङ्ग्रेस जनप्रतिनिधिले बहिष्कार गरेपनि कार्यक्रम भने सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मेयर डिल्लिराज भुसालले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकामा विकास नचाहेको आरोप लगाए । अधिकाशं कार्यक्रमहरुमा बाँझो हाल्ने काम काङ्ग्रेसबाट निर्वाचित प्रतिनिधिहरुले गरेको भन्दै त्यसतफै आफुको गम्भिर ध्यानाकर्षण भएको बताए ।

 

‘सबै नमिलेसम्म विकास हुँदैन तर उहाँहरु किन सहमतिमा आउनुहुन्न ?’ उनले भने, ‘छलफल गरौँ भन्दा नमान्ने अनि कार्यक्रम बहिष्कार गर्ने ।’ नगरपालिकाका कर्मचारी तथा आफुका पनि केहि गल्ति वा कमि कमजोरी भए आफुहरुले सच्याउन तयार रहेको समेत उनले बताए ।

 

काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर १३ का अध्यक्ष खुम बहादुर थापाले आफुहरुले विकासको विरोध नगरेको र नगरपालिकामा मिलेर काम गर्न चाहेको बताए । तर मेयर लगायत कम्युनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले एकलौटी ढङ्गले काम गर्न खोजेपछि आफुहरुले कार्यक्रम बहिष्कार गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend