साझा नेटवर्क
अनिल खत्री, गुल्मी असोज १५।
गुल्मीमा केहि दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना प्रति जिल्ला प्रशासनले ध्यानाकषर्ण भएको जनाएको छ। जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हल्लाले आम नागरिक निकै त्रसित भइरहेको बेला प्रशासनले घटना निराधार हल्ला मात्रै भएको जनाएको छ ।
महान पर्व वडादशैं नजिकिएसँगै बिभिन्न स्थानबाट आफनो गनतव्य तर्फ पुग्न फर्किने क्रम पनि वढेको छ। यो बेला जिल्लामा चलेको चोरी हल्लाले पर्वमनाउन आउनेहरुलाई समेत चोरी घटनाको हल्लाले चिन्ति बनाइरहेको छ । चोरी हल्लाले गाउँमा नयाँ अपरिचित मानिस देख्न साथ संका गर्ने र त्रसित हुनेसम्मको अबस्था सृजना भएको छ। तर जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार एब अपिल जारी गर्दै जिल्लाका बिभिन्न स्थानीय तहका टोलहरुमा रातको समयमा चोरीको बिगविगी आएको हो हल्ला प्रति ध्यानाकषर्ण भएको जनाएको हो ।
जिल्लाका प्रमुख जिल्ला (सिडीओ) अधिकारी यदुनाथ पौडेलद्धारा हस्ताक्षरित अपिलमा शान्ति सुरक्षा जस्तो संबेदनशिल एवं आम नागरिकको चासोको विषयमा जिल्ला सुरक्षा समिति थप जिम्मेवार बन्नेको उल्लेख गरिएको छ । चोरी घटना प्रति प्राप्त सूचना एवं तथ्याका आधारमा सुक्ष्म विश्लेषण समेत गरिएको अपिलमा भनिएको छ ।
यस सम्बन्धमा केन्द्रित भइ विगत १ हप्तादेखि जिल्ला स्थित सुरक्षा निकायहरुबाट थप गस्ती पट्रोलिङ्गको व्यवस्था मिलइएको जारी अपिलमा उल्लेख गरिएको छ। हल्लामा आएजस्तो चोरीको यथार्थता नभएको पुष्टी भैसकेको जनाइएको छ । त्यसैले आम नागरिकहरु निर्वाध रुपमा विना रोकतोक आफ्ना गतिबिधि संचालन गरी वडादशैं लगायतका राष्ट्रिय चाडपर्व मनाउन आग्रह गरिएको छ। यस्ता किसिमका आधार र प्रमाण विनाका भ्रामक हो हल्लामा नलागी तथ्य बिनाका सूचनालाई निरुत्साहित गर्न राजनितिक दल, नागरिक समाज, सामाजिक संघ संस्था, पत्रकार, जगत एवं आम जनसमुदायलाई अपिल गरिएको उल्लेख छ ।
चोरी हल्लाको पछाडी नलागी पर्वको बेला अरु समयमा भन्दा बिशेष ख्याल राखेर ढुक्कसँग चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ। जिल्लामा चाडपर्वलाई मध्य नजर राखेर नागरिक सहायता कक्षहरु पनि स्थापना गरिएको छ। जिल्लामा आउने र जिल्लाबाट जाने नागरिकको सहजताको लागि २ वटा स्थानमा नागरिक सहायता कक्षहरु पनि सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend