साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं असोज १४।
यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पदबाट आज राजीनामा दिएका छन् ।
उनले भने छानबिन नसकिँदा सम्मका लागि आफुले पदबाट राजीनामा दिएको बताए । उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ,। “हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोप बारे सत्य तथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदा सम्मका लागि राजीनामा दिएको छु ।
यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend