साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
ब्याबसाहिक क्षेत्रमा केहि गरौ भन्ने सोचका साथ सन् २००४ मा नयाँ सोच र योजना सहित कतारमा भित्रिएका नेपाली युवा राजेन्द्र कुमार शर्मा( आर के शर्मा ) धृष्टता साथ लगाब र मेहनत गर्दै ईन्जिनियरिङ कम्पनी स्थापना गरेका थिए ।
ब्याबसायिक निरन्तरता सगै उनले सन् २०१६ मे सम्म आइपुग्दा सम्म पिजन इन्जिनियरिङ्ग ले AL BAYT, AL RAYYAN, AL THUMAMA / EDUCATION CITY STADIUM लगायत सन् २०२२ को कतार स्थित हुने फिफा विश्वकपको डेलिबरी र लेगेसिका लागि सर्वोच्च कमिटिको (sc) मातहतमा सहायक ठेकेदारको रुपमा नियुक्त लिन सफल भएका थिए ।
शर्माका अनुसार, हामी यस मेनपावर क्षेत्रमा धेरै लामो समयदेखी कार्यरत रहेको र कतार स्थित श्रमिक कामदारको कल्याणमा भएको स्थिर प्रगति र विकासको प्रत्यक्षदर्शी भएका छौं । फिफा विश्वकप २०२२ का लागि कतारले मुख्यगरि कामदारको अधिकार र सबै भन्दा महत्वपूर्ण श्रमिक कामदारहरुको कल्याणको विकास कल्याणको स्तरलाई पालना गर्न विशेषरुपमा ध्यान दिएको छ ।
सोही अनुरुप हालसम्मकै शहरी परिदृष्य र नयाँ युगका कामदारको विकास कल्याणको उल्लेखनिय परिवर्तनको साक्षी पिजन इन्जिनियरिङ्ग भएको छ। कतारमा सर्वोच्च कमिटिका श्रमिक कामदारहरुको विकास कल्याणको स्तर(मापदण्ड) धेरै कडा रहेको छ र त्यसलाई कायम राख्न हामिले धेरै मेहेनत गरेका छौं । हामीलाई थाहा छ सो मापदण्ड पालना गर्न हामिले आफुलाई र श्रमीक कामदारहरुको जीवनलाई सुधार गरिरहेको शर्माले बताए ।
पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको श्रमिक कामदारको विकासको मापदण्ड कार्यान्वयन गरेकोले परिणाम स्वरुप नैतिक रुपमा कामदारको जनजीवनमा ठुलो परिवर्तन गरेको छ । विश्वका लाखौ कामदारहरु अनैतिक रुपमा लिने भर्ना शुल्कको व्यापक अभ्यासका कारण पिडीत भईरहेका छन् जुन कतारको कानुन बमोजीम अवैध र डब्ल्यु डब्ल्यु स्ट्यानडर्ड का अनुसार निषेधित रहेको छ । पिजन इन्जिनियरिङले सर्वोच्च कमिटिको (कअ) भर्नाशुल्क पुर्नभुक्तान योजनालाई सहजै अपनाएको तथा कमिटि संग संलग्न तथा असंलग्न कामदारहरुलाई २,५०० हाराहारीमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
सर्वोच्च कमिटिको बाह्य मनिटर इम्प्याक्ट लि. ले सञ्चालन गरेको नैतिक रुपमा गरेको कामदारको दरको परिक्षणको नयाँ तथ्याँक अनुसार , सर्वोच्च कमिटिले निर्धारित गरेको मापदण्ड कार्यान्वयनमा पदर्शन गरेको प्रतिबद्धताका कारण कम्पनिले ९८% अंक प्राप्त गरेको छ । शर्मा, कामदारहरुको विकास कल्याणको मुख्य स्रोतको रुपमा उनिहरुको जागरुकता , संलग्नता र तालिम रहेको विश्वास गर्दछन् ।
सर्वोच्च कमिटिको संलग्नतामा कम्पनिले आफ्ना कामदारहरुलाई उनिहरुको अधिकार सम्बन्धि शिक्षा प्रदान र निरन्तर रुपमा प्रशिक्षण, तालिम दिएर उनिहरुको सशक्तिकरणमा जोड दिइएको छ । सर्वोच्च कमिटिले निर्धारण गरेको मापदण्ड अनुसार कामदारहरुको निरन्तर रुपमा अनिवार्य तालिम प्राप्त गर्न र कार्यक्षेत्र भित्र तथा बाहिर उनिहरुको सुरक्षालाई निश्चितता प्रदान गर्न हामीले हाम्रा कन्ट्रयाक्टरहरुसंग राम्ररी संवेदनशील भएर कारोबार गरिरहेका छौं ।
शर्मा भन्छन्, हाम्रा श्रमिक कामदारहरु हाम्रा परिवार हुन्, उनिहरुको कल्याण, विकास हाम्रो प्राथमिकता हो । विश्वकपको सफलताका लागि हामीले सर्वोच्च कमिटि संग साझेदारी गर्दै काम गरिरहेका छौं र श्रमिक कामदारहरुको विकास र कल्याणको लागि योगदान गरिरहेका छौं जुन २०२२ पश्चात पनि विस्तार भईरहनेछ ।अहिले हामी कामलार भर्ना गर्ने एजेन्सी सम्बन्धि होसियार भएका छौं ।
हाम्रा कामदारहरु नैतिक रुपमा भर्ना भएका निश्चित गर्नका लागि प्रशासनिक विकास, मजदुर तथा सामाजिक मामिला सम्बन्धि मन्त्रालयमा दर्ता भएका एजेन्सी संग मात्र काम गछौं ।हामीले प्रत्येक कामदारहरुसंग उनिहरुको अधिकार, गर्नुपर्ने काम, कम्पनिसंगको सम्झौता र कतारको कानुन सम्बन्धि जानकारी दिन प्रत्यक्ष रुपमा अन्तर्वार्ता लिन्छौं, उनले थपे ।
कतारबाट प्रकाशित गल्फ टाइम्स पत्रीकामा आएको उक्त न्युज लाई आधारित गर्दै साभार गरिएको हो । सफल नेपाली ब्याबसाही आर के शर्मा को उक्त पिजन कम्पनीमा दक्षिण एसियाका झन्डै ३००० भन्दा बढी कामदारहरु रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend