logo
  • मंगलबार, असोज १३ २०८३

लुंग्री खोलामा बस खस्यो चालकसहित २ को मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, रोल्पा असोज १३ ।
पूर्वी रोल्पा सुनिल स्मृति गाउँपालिका ३ लुंग्री खोलामा एक यात्रुबाहक बस दुर्घटना भएको छ। रुइनिबाङ जिप पार्कको छेउ बाट बस खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो ।
सोमबार दिउँसो सवा १ बजे ग १ ख ५५७३ नम्बरको बस लुंग्री खोमा खसेको हो ।प्र हरीका अनुसार सडक चिप्लो रहेकोले बस सडकबाट करिब २ सय मिटर तल खसेको बताए  । मृत्यु हुनेहरुमा चालक लंग्री गाउँपालिका-३ जुतुङखोला निवासी २२ वर्षीय यामबहादुर घर्ती र बसमा सवार यात्रु लुंग्री–२ सिर्प निवासी १९ वर्षीय सूर्यलाल जिएम रहेका छन् । यात्रुले खचाखच भरिएको उक्त बस सुलीचौर बसपार्कबाट छुटेकी केही मिनेटमै दुर्घटनामा परेको थियो।
सडक साँघुरो, असजिलो र घुम्ती भएकाले उक्त बस चालकले फर्काउन खोज्दा सोझै खोलामा खसेको प्रहरीले बताए । रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनापछि उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएको जानकारी दिए। उद्धारकर्ताहरुले खोलामा पानी निकै भएकाले उत्तानो परेको बसभित्र रहेका यात्रुलाई झिक्न थप समय पर्खनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend