logo
  • मंगलबार, असोज १३ २०८३

चालकलाई प्रशासनकोे शुभकामना यात्रुलाई सकुशल पु¥याउनु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन, प्युठान असोज १३ ।
चाडपर्वको आगमन संगै दुघटना हुन नदिन जिल्ला प्रशासन कार्यालय प्युठान प्रहरीले यतिबेला सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई महत्वकासाथ अघि बढाएको छ।

यसैविच जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानको संयुक्त आयोजनामा सोमबार जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलामा “सडक सभ्यता हाम्रो चाहाना–सुरक्षित यात्राको सबैमा शुभकामना” भन्ने मुल सन्देशका साथ सडक सवारी पाइलट तथा सह–पाइलटहरुलाई शुभकामना सहित यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन सचेत गराए ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले सवारी चालकहरुलाई आफ्नो दायित्व र जिम्मेवारी प्रति गम्भीर हुन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पन्थले नागरिक मैत्री सेवाप्रति यातायात समितिहरु बढी जिम्मेवार तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए । “छिटो गए भन्न सकिन्न तर ढिलो गए अवस्य पुगिन्छ ।

” पन्थले भने “यहि मर्म अनुरुप यात्रुहरुलाई सुरक्षित यात्रा गराउनुहोस् ।”प्यूठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले चालकको हातमा यात्रुहरुको जिन्दगी हुने भएकाले सबै भन्दा बढी जिम्मेवार चालकहरु हुनुपर्ने बताए । दुर्घटना न्यूनिकरण गर्न ट्राफिक नियमको पालना पहिलो सर्त हुने प्रहरी नायव उपरिक्षक कार्कीको बुझाई छ ।

व्यवस्त बजार क्षेत्रमा सवारी साधन कम हाक्ने, ओभर स्पीड, ओभरटेक तथा घुम्तीमा हर्नको प्रयोगमा सवारी चालक सदैव चनाखो हुनुपर्नेमा कार्कीले जोड दिए । “तिब्र गति जिवन क्षति “चालकको पनि त आफ्नो पारिवारिक संसार छ भन्दै कार्यक्रममा सवारी चालक तथा सह–चालकहरुलाई विजयादशमीको अवसरमा शुभकामना तथा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ससस्त्र प्रहरी नायव उपरिक्षक चेतराज जोशी, वडा अध्यक्ष नेत्र बहादुर केसी, प्यूठान उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर केसी, स्वर्गद्धारी यातायातका उपाध्यक्ष धिरज पण्डित, नमस्ते यातायातका रविन घिमिरे, स्थानिय बजार व्यवस्थापन समितिका प्रतिनिधि पदमबहादुर थापा लगाएत स्थानिय व्यवसायी, लगाएत यात्रुहरु चालक तथा सहचालकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend