logo
  • मंगलबार, असोज १३ २०८३

पत्रकार महासंघ जापानको अध्यक्षमा पुन: घले


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,टोकियो असोज १३।
नेपाल पत्रकार महासंघ जापान शाखाको चौथो अधिवेशन आईतबार, टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले पुन:मोहन घलेको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसमा समितिको उपाध्यक्ष पूर्ण चलाऊने तथा समाजसेबी उपाध्यक्षमा कुमार मोक्तान चयन हुनुभएको छ भने सचिवमा शान्त कुमार पहरी तथा सह-सचिवमा अर्जुन लामिछाने र इन्दिरा खनाल र कोषाध्यक्षमा आनन्द कोइराला निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजन गौतम,दीपक गौतम, विश्वास आचार्य, सजिना मोक्तान, लक्ष्मी पौडेल ,कृष्ण अधिकारी ,सागर देबकोटा र राम तामाङ चयन भएका छन् । दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रमा सहसचिव कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।

घोषणा सभामा महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले अबको समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वसनीयता र जवाफदेहीता अनिवार्य रहेको बताए । संचार गृह र संचारकर्मिहरुलाई राज्यले उपेक्षा गर्न खोजे पनि धैर्यता गर्न भने छोड्न नहूनेमा जोड दिनु पर्ने बताए ।

कार्यक्रमको घोषणा सभामा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ,आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मन्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल,अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा. भुपालमान श्रेष्ठ,नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले आफ्ना भनाई राखेका थिए ।

घोषणा सभामा समितिको घोषणा निर्वाचन समितिका सदस्य चन्द्र खनालले गर्नुभएको थियो भने निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा मोहन घलेको प्रतिबद्धता मन्तब्य र राजन गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend