logo
  • मंगलबार, असोज १३ २०८३

सहायता कक्ष स्थापना प्रजिअद्वारा फुलमालाले चालक र यात्रुलाई बिदाई


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी असोज १३ ।
जिल्लाको सदरमुकाम तम्घासका मुख्य दुई स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।
दशैको बेला यात्रुहरुको चाप हुने भएकाले त्यसको व्यावस्थापनका लागि सहायता कक्ष स्थापना गरिएको हो । तम्घासको बुढाथोकी बसपार्क र उदिढुङ्गा बसपार्क चोकमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक प्रविण आचार्यले बताए । दशैको बेला स्वदेश तथा विदेशबाट घर फर्किने नागरिकलाई गन्तव्यमा पुग्न सजिलो बनाउने उदेश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको आचार्यले बताए ।

चालक, सहचालक र यात्रुलाई फुलमाला

बिहानै बिमानस्थलमा जस्तै दृश्य । प्रमुख जिल्ला अधिकारी यदुननाथ पौडेल फुलमालाको साथमा बिहिबार बुढाथोकी बसपार्क आए । बसपार्कमा रहेको नागरिक सहायता कक्षको उदुघाटन गरे । चालक, सहचालक र यात्रुलाई फुलमाला लगाएर शुभयात्रा भन्दै बिदा गरे । त्यतिमात्रै गरेनन् । केहिबेर बसकै ढोकामा बसेर यात्रुको व्यावस्थापन गरे । उनले व्यावसायमा एक दिन मात्रै नभएर बर्षभरी यात्रुसंग मित्रवत व्यावहार गर्न व्यावसायीहरुलाई आग्रह गरे । नागरिक सहायता कक्ष स्थापनाले यात्रु लुटिने तथा चोरी हुने समस्या समाधान हुने, यात्रुलाई गन्तव्यका सवारी साधन खोज्न, काउन्टर र भाडामा समस्या भए समाधन गर्न सहायता कक्षमा खटिएको सुरक्षाकर्मीको व्यावस्थापन गरिएको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

सुरक्षा सर्तकता चुस्त

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मिन घलेले चाड पर्वमा हुनसक्ने संभावित घटनाको नियन्त्रणको लागि सुरक्षा सर्तकता बढाइएको बताए । उनले गाउँ तथा शहरमा हुने चोरी, झैझगडा, दुर्घटना एवं शक्ति पीठहरुमा लाग्ने मेला महोत्सवको सुरक्षाको लागि सुरक्षा योजना निर्माण गरिएको बताए । घलेले यो समयमा स्वभाविक मानिसको संख्या सडक, बजार र गाउँसम्म धेरै हुने भएकाले आफु पनि चनाखो भएर बस्नुपर्नेमा जोड दिए ।

फोटो : नागरिक सहायता कक्षको स्थापनासंगै चालक, सहचालक र यात्रुलाई बिदाई गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend