logo
  • मंगलबार, असोज १३ २०८३

सरकारले योजना सहित काम गरिरहेको सापकोटाको दावि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ असोज १३।
नेपाल कम्यूनिष्ट पार्टी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले विगतमा सत्ताको स्वाद लिइरहेकाहरुले वर्तमान सरकारको विरुद्धमा भ्रम फैलाइरहेको बताउनु भएको छ।
नेपाल कम्यूनिष्ट पार्टि नेकपा बडिगाड गाउँपालिका १ दगातुन्डाडाको वृहत भेलालाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले नेकपाको सरकारले दिर्घकालिन योजना सहित काम गरेको दावि गर्नुभयो । प्रदेश सांसद समेत रहेका सापकोटाले देश विकासको गतिमा अगाडि वढिरहेको भन्दै स्थानिय समस्याहरु छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य राजिव घिमिरे, प्रदिप खरेल, जिल्ला कमिटि सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजा, नेकपा जिल्ला कमिटि सदस्य विना थापा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम वडा संगठन कमिटिका अध्यक्ष रेम बहादुर भुजेलको अध्यक्षता, वडा कमिटि सचिव ढाल वहादुर सुनारको स्वागत मन्तव्य तथा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो। सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा आउने १६ जनालाई टिका लगाइ स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend