साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज १३।
बागलुङको बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारको कालोपहरामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग ३ घण्टा पछि एकतर्फ खुलेको छ।
हिजो बिहान करिब साढे ९ वजे सो पहिरो खसेको थियो। बडिगाड गाउँपालिकाको पहलमा लोकमार्ग खुलाउन २ वटा डोजरको प्रयोग गरि पहिरो सामान्य हटाइ एकतर्फी सडक सुचारु गरिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी सहायक निरिक्षक मन वहादुर कार्किले बताउनुभएको छ। दुइतर्फि सडक खुल्न भने केहि दिन लाग्न सक्ने प्रहरीले जनाएको छ। पहिरो खसेपछि सयौं सवारी जाममा परेका थिए। अहिले सवै सवारी गन्तव्य तर्फ लागेका छन्।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend