logo
  • मंगलबार, असोज १३ २०८३

‘जनजागरण युवाक्लब’ द्धारा विद्यालयलाई युरोगार्ड हस्तान्तरण ।


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हिम शिखर , गुल्मी असोज १२
धुर्कोट गाउँपालिका–२ पिपलधारा साविकको पिपलधारा गाविस वार्ड नं ६ जुम्लादीका वैदेशिक रोजगारीमा रहेका युवाहरु द्धारा संचालित सामाजिक संस्था/क्लब ‘जनजागरण युवा क्लबले’ एककार्यक्रमका बिच सोहि टोलमा स्थित श्री जनकल्याण आधारभुत विद्यालय लाई पानी शुद्धिकरण गर्ने उपकरण हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरु र शिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध पानीको लागी सो उपकरण सौजन्य गरेका हुन् ।


उक्तकार्यक्रम बाटै सोही टोलका लामोसमय देखि दृघरोग बाट ग्रसित बाबुराम विक लाई उपचारर्थ १०,०००।– (अक्षरेपी दश हजार) संस्थाका केन्द्रीय पदाधिकारीहरु श्याम बहादुर सुनार , गोविन्द सुनार, डिलाराम सुनार , रबिलाल विक र यस पंक्तिकार लगायतको उपस्थितिमा कार्यवाहक उपाध्यक्ष श्यामबहादुर सुनार ले हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाका कार्यावाहक उपाध्यक्ष श्याम बहादुर सुनार को अध्यक्षता , धुर्कोट गाउँपालिका २ पिपलधारा की महिला सदस्य अमृता विश्वकर्मा को प्रमुख आतिथ्य र सोही विद्यालयका प्रअ कृष्ण बहादुर के.सी को विशिष्ट आतिथ्यमा सम्पन्न उक्तकार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चन्द्र वि.क. शिक्षक अभिभावक संघका अध्यक्ष गिरबहादुर सुनार , समाजसेवी द्धय देब बहादुर सुनार र चन्द्र सुनार लगायत समाजसेवी, बुद्धिजीवी , विद्यालय स्टाफ लगायत आम जनसमुदाय को उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमबाट समाजसेवी देव बहादुर सुनार ले आफुले विद्यालयलाई वार्षिक १५ हजार रुपैंया उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो । विद्यालयलाई हस्तान्तरण गरिएको युरोगार्ड र बाबुराम विक उपचारर्थ आर्थिक रकम सहयोग गर्नुहुने सहयोगीदाताहरुको नामवाली र सहयोग रकम यसप्रकार रहेको छ ।
सालिकराम विक १०००
सुरज परियार २०००
विष्णु विक १५००
कृष्ण ध्वज सुनार २०००
श्याम सुनार १५००
रमेश परियार १०००
दिपक वि.क १०००
प्रेम सागर सुनार १०००
कमल घर्तिमिरे २००१
प्रितम परियार १०००
प्रेम सागर विक १०००
सुरेन्द्र विक १०००
अनिस बि.क १०००
लक्ष्मण बि.क १०००
दिपक बि.क १०००
रमेश बि.क १०००
बाबु के.सी १०००
बाबुराम वि.क उपचारार्थ सहयोगीदाताहरुः
श्याम सुनार १०००
प्रेम सागर सुनार १०००
सुरज परियार १०००
शिव विक ८००
कृष्ण ध्वज सुनार १०००
सालिकराम विश्वकर्मा १०००
बिष्णु वि.क १०००
दिपक वि.क १०००
स्मरणरहोस् यस कल्याणकारी संस्था/क्लब ले विगत ४ वर्ष देखी समाजको चौतर्फी विकासमा सहयाग पुग्ने गरी र समाजमा भइपरि आउने समस्यालाई मध्यनजर राख्दै समय समयमा विभिन्न परोपकारी कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend