logo
  • मंगलबार, असोज १३ २०८३

क्याम्पस चलाउन महायज्ञ गरिदै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ असोज ११।

बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा भानु क्याम्पस सञ्चलानार्थ यहि मंसिर ११ गते देखि १८ गते सम्म बृहत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ।

सो महायज्ञ संचालन गर्न शुक्रवार खार वजारमा मा भएको भेलाले महायज्ञ मुल समारोह समितिको गठन गरेको छ। कृष्ण प्रसाद शर्मा तिवारीको संयोजकतवमा १२७ सदस्यिय मुल आयोजक समितिको गठन गरिएको हो । त्यस्तै विमल गौतमको संयोजकत्वमा बडिगाड गाउँपलिका भित्रका पत्रकार तथा सञ्चार कर्मिहरुलाई समेटी प्रचार प्रसार समितिको गठन गरिएको छ।

त्यस्तै संपर्क कार्यालय सञ्चालनको लागी टिकाराम पुनको संयोजकत्वमा ५ सदस्यिय समित कार्यालय सञ्चालन समितिको गठन गरिएको छ। त्यस्तै महायज्ञमा आर्थिक संकलन गर्नको लागी हरिदत्त आचार्यको संयोजकत्वमा आर्थिक संकलन उपसमितिको गठन गरिएको छ। सो महायज्ञमा भागवत भाष्कर पण्डित कमल नयन गौतमले प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। सो समिति गठन गर्ने भेला कार्यक्रम वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

सो भेलामा जनप्रतिनिधि, शिक्षक, राजनैतिक दलका प्रतिनिधि तथा स्थानियहरुको सहभागिता रहेको थियो। केहि वर्षदेखि ग्वालीचौरमा क्याम्पस सञ्चालन गर्न पर्यत्न गरिएपनि सार्थकता पाउन नसकेपछि धान्याञ्चल गर्न लागिएको हो। हाल क्याम्पसको लागी जग्गा व्यवस्थापन गरि गाउँपालिकाको सहयोगमा घेरावार गर्ने समेत काम भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend