logo
  • मंगलबार, असोज १३ २०८३

सनराइज बैंकद्वारा गुल्मीको रेसुङ्गामा सरसफाई


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असोज १० ।
सनराइज बैंक गुल्मी शाखाले रेसुङ्गामा सरसफाई गरेको छ । बैंकको १२ औं वार्षिक उत्सवको अबरसमा जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरेको हो ।

सफा रहौं सफा राखौं’ भन्ने नाराका साथ वार्षिक उत्सव मनाउने शिलसिलामा बैंकले शुक्रवार जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा सरसफाई गरेको बैंक शाखा प्रमुख दिनेश पन्थीले बताए ।

बैंकको वार्षिक उत्सवसँगै जिल्लाको धार्मिक क्षेत्रमा पर्यटकीय आगमनलाई वढाउन र सरसफाइ गरेर सुन्दर राख्नको निम्ति बैंकका कर्मचारीहरु र स्थानीयले मिलेर पोखरी र यज्ञशालामा सरसफाई गरिएको पन्थीले बताए ।

सरसफाईसँगै फोहोर संकलन गर्न सामाग्रीहरु पनि रेसुङ्गा क्षेत्रमा राखिएको बैंकले जनाएको छ । नेपाल भ्रमण वर्षमा रेसुङ्गा क्षेत्रलाई पर्यटकहरुको आगमन र त्यहाँको सुन्दरता राख्नको निम्ति बैंकले पनि सरसफाई गर्ने काम गरेको शाखा प्रमुख पन्थीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend